About Me

Business Man and Social Worker.

Me Bhanu Bhakta Upadhaya living in Solukhumbu District and working as Business Man,Branch Manager,Poliitician and serving citizen of Nepal as Social Worker and raising voice and providing employment to ordinary citizen .

Brithday 04-04-1983
Call '+977' 9849457065
Email bhanubu@gmail.com
Website www.bhanubhaktaupadhaya.com
Stay Safe Stay Healthy

My Skill

I am an type of person who tries to learn new things everyday. From childhood I was fond of learning and wanted to discover new things. I have worked as Business Man,Social Worker,Politician.

I have helped many people through social work and provided employment to different people without interfering their caste,gender and culture.

Business
Computer Knowledge
Social Work
Politics

1001

Happy Clients

250

Projects Done

150

Awards Won

1500

People Inspired

My Experience

My Recent Experiences
Apr 2009 - Present
Microsoft Office Expert
June 2019 - Present
Branch Manager at Insurance Company
Jan 2007 - Present
Social Worker

My Article

Latest Article

 


भानुभक्त उपाध्याय:

वि.सं. २०४६ सालको आन्दोलनअघि दरबारसँग नजिक सोलुको पञ्चायत भुपाल किराँतीले उछिने पनि फेरी पावर शेयरिङमा नै गएर अड्कियो । २०४६ मा बहुदल आयो पटक पटक चुनाव भए । तर सोलुखुम्बुको राजनीतिमा पावर र पैसामा राजनीति घुमिरहयो । म सानो छँदा थाहा पाएका लिडरहरु बलबहादुर केसी, पुरुषोत्तम बस्नेत, छत्रध्वज बस्नेत, गोकर्ण राई, प्रभुराम बस्नेत, दत्तसिं कार्कीलगायत नेपाली काँग्रेसमा थिए ।

आङइगेले झलक शेर्पा, आङङिमा लामा, डिबी किराँतीलगायत नेकपा एमालेमा थिए । यस्तै, भुपाल किराँती, सोनाम शेर्पा, छिरिङ शेर्पा, दन्डि शेर्पा, चित्रबहादुर राई लगायत राप्रपा र जनमोर्चामा थिए । माथि उल्लेखित मध्ये  २०४८ सालयता लगातार बलबहादुर केसी नेपाली काङ्ग्रेसबाट पटक पटक विजयी हुनुभयो भने २०५८ सालको संकटकालपछि धेरै नेताहरु बिलय भए र २०६२/६३ को जनआन्दोलनपछि माओवादीकातर्फबाट गोपाल किराँती विजयी हुनुभयो । त्यसपछि एक पटक बलबहादुर केसी र अहिले हेमकुमार राई माननीय हुनुहुन्छ । यहाँ यी सबै उम्मेद्वार भिन्न भिन्न परिबेशका देखिए पनि शक्ति केन्द्रकै वरिपरी राजनीति घुम्दैछ । गोपाल किराँतीलाई सोलुखुम्बुको दोस्रो पटक टिकट प्राप्त भएन । भएका अरु सबैसँग न शक्ति थियो न पैसा, सबैले चुनाव जित्न सकेनन् । सोनामछिरिङ शेर्पाको खर्च भयो तर चुनावमा पराजय भयो । शक्ति र पैसाले मात्रै राजनीति टिक्दैन कार्यकर्ता र जनताको नेतृत्व गर्न सक्नुपर्छ ।


खैर अरु पार्टीलाई छोडौं अब नेपाली काङ्ग्रेसमा जाँऊ


सोलुखुम्बुको काङ्ग्रेस तत्कालीन जिल्ला सभापति छत्रध्वज बस्नेतको नेतृत्वका पालामा घरघरमा पुगेर गरिएको संगठनले धेरै समय चलायमान रह्यो र पछि आङगेलु शेर्पा, बलबहादुर केसी, प्रभुराम बस्नेत, बिनोद बस्नेतलगायतले संगठन विस्तार गर्नुभयो । तर आन्तरिक शक्ति सन्तुलन नहुँदा पटक पटक बागी उम्मेद्वार काङ्ग्रेसको समस्याका रुपमा रहयो । दोस्रो दर्जाका नेतामा आङगेलु शेर्पा, बिनोदकुमार बस्नेतलगायत धेरै युवा नेता कार्यकर्ता थिए र छन् । पटक पटक स्थानीय निर्वाचन भए, धेरै कार्यकर्ताहरु चुनाव लडे, जीत पनि भयो, यो सबै संगठनको देन हो । राजनीतिमा बिना संगठन चुनाव जितिदैन साथै उम्मेद्वार पनि राम्रो चाहिन्छ । चुनाव जित्न धेरै पक्षको सकरात्मक संयोजन आवश्कता पर्दछ । चुनाब जितेर पार्टीबाट राजनीतिक फाइदा लिएका धेरै व्यक्तिहरु काङ्ग्रेसमा छन् । तर त्यही समकालीन राम्रो छवि बनाएकाहरु पनि अहिलेसम्म ओझेलमा नै छन् । २०५८ सालको संकटपछि २०६२/६३ सालको जनआन्दोलन अगाडी काङ्ग्रेसको उपस्थिती जिल्लामा न्यून भयो । कतिपय गाउँकाहरु म माओवादी हुँ भनेर माओवादीमा मिले माओवादीसँग नमिल्ने जति सबै विस्थापित भए । बिचमा पार्टी फुट्यो, बलबहादुर केसीलगायत केही नेता कार्यकर्ता शेरबहादुर देउवाको नेतृत्वमा गठित नेपाली काङ्ग्रेस प्रजातान्त्रिकमा जानुभयो । यता पुरुषोतम बस्नेत, आङगेलु शेर्पालगायत नेता कार्यकर्ताहरु गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको नेपाली काङ्ग्रेसमा रहनुभयो ।

२०६१ सालमा काङ्ग्रेसको गाउँमा खडेरी परेको तथा तमाम कार्यकर्ता माओवादी ज्यादतीको मार खेपीरहेका बेला आङगेलु शेर्पाको नेतृत्वमा गाउँगाउँमा जनजागरण अभियानमा काङ्ग्रेस पार्टी होमियो । जनतालाई माओवादीले दिएको पीडाका कारण व्याकुल भएको त्यस परिस्थितीमा तल्लो तहमा सबै परिस्थितीको सामाना गर्दै बसेका नेता कार्यकर्तालाई राजनीतिक हिसाबले केही राहत महशुस भयो, यस अभियानका कारण जनताले आशको सास फेर्न पाए ।

२०६२/६३ को जनआन्दोलन, काङ्ग्रेस पार्टी पुनः एकीकरण र १२ औँ महाधिबेसनबाट काङ्ग्रेस स्थापित त भयो तर पुरानै गुट, उपगुट, पावर र पैसामा रुमलिन थाल्यो । अनावश्यक दम्भ बोकेर एक गुटले अर्काे गुटको अस्तित्व स्विकार्न छोड्यो र विवादहरु सतहमा छताछुल्ल भएर आउन थाले, कार्यकर्ताहरुमा चरम असन्तुष्टी देखियो । परिणाम स्वरुप सोलु काङ्ग्रेस पहिलो संविधानसभा निर्वाचनमा पराजय भोग्न बाध्य भयो । कसैले आफुलाई सुधार्ने भन्दा पनि एक अर्कामा आरोपप्रत्यारोप मात्र लगाईरहे । आफूलाई १० वर्षे जनयुद्धको हिमायती दाबी गर्दै सत्तारोहण भएको माओवादीको कच्चा नेतृत्व तथा तत्कालीन एमालेका समेत गरी चार जना प्रधानमन्त्रीले देसको बागडोर सम्हाल्दा समेत जनताले चाहेको संविधान निर्माण गर्ने काम हुन नसकेपछि दिक्दार भएका नेपाली जनताले काङ्ग्रेसलाई विजय बनाए । फलस्वरुप स्व.शुशिल कोइरालाको नेतृत्वमा बनेको सरकारले जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान दियो । त्यही संविधानको कार्यन्वयनका लागि काङ्ग्रेस स्थानीय तहको निर्वाचनमा गयो तर १३ औँ जिल्ला अधिवेसनको उग्र विवादका कारण नेपाली काङ्ग्रेसमा उपयुक्त उम्मेद्वार गाउँपालिका र वडाहरुमा दिन सकेन । विगतदेखिको आन्तरिक कलहको फाइदा उठाउँदै केही व्यक्तिहरुले पैसा, पावर र नातावाद, कृपावाद, चाकडीबाजबाट टिकट लिएर मैदानमा गए, स्थानीयस्तरबाट सर्वसम्मत सिफारिस भएका जनताले चाहेका उयपुक्त उम्मेद्वारहरु कसैले पनि टिकट पाएनन् । जसको असन्तुष्ट भाव कार्यकर्ता र नेतामा उग्र रुपमा देखियो, फलस्वरुप पार्टीले केही वडा र सोलुदूधकुण्ड नगरपालिकाको मेयर बाहेक सबै स्थानमा लज्जास्पद हार बेहोर्न पुग्यो । यसको जिम्मा न पार्टीमा टिकट किन्नेहरुले लिए न बेच्नेहरु बोले, न त नेताहरु नै बोले, न त उम्मेद्वारहरुले म यो कमजोरीका कारण हारे भनेर पार्टीको कार्यक्रममा आत्माआलोचना नै गरे, न त हारेपछि पनि कार्यकर्ता र जनताको बिचमा गएर भोट दिनेहरुलाई धन्यबाद भने, नत सान्त्वना नै दिए, सबै तैचुप मैचुप बसे । गाउँ जाने कुरै छोडौँ उम्मेद्वारहरु अधिकांस सबै काठ्माण्डौ पलायन भए । कोहीकोही त अहिलेसम्म पनि गाउँ फर्केको कुरा थाहा छैन, कोही पार्टी छोडेर अर्काे हराउनेहरुसँगै बिलय भए । त्यस लगत्तै फेरी संसदीय चुनाव भयो, माथिको किचलो, भागबण्डा र पैसा र शक्तिको भरमा टिकट बाँडफाँड भयो । कार्यकर्ताले सोचेको भन्दा फरक व्यक्ति र प्रकृतिबाट प्रदेश र संघको टिकट आएपछि कार्यकर्तामा निराशा छायो । यही बेला एमाले र माओवादीको चुनावी तालमेल भयो । काङ्ग्रेस एक्लै चुनाव लड्यो, त्यसमा पनि नेताले क्रस भोटका लागि क्रस होल्ड गर्न गोप्य योजना बनाए तर यो आत्मघाती गोल सिद्ध भयो, यो क्रस गराउनेलाई थाहा होला । पैसा सर्वेसर्वा होइन राजनीतिमा, उम्मेद्वार सँधै एक व्यक्ति मात्र हुँदा पनि राम्रो हुदैन । गाउँमा जनता सामुकै उम्मेद्वार चाहिन्छ, फुत्त आएर आफुलाई आवश्यक पर्दा भोट मागेर हुँदैन, नुन सकिएको बेला होस् वा आगो निभेको बेला झुम्रो मा सल्काउन दिने नेता खोज्छन् । चुनाव पराजित भयो, राम्रा पनि हारे हाम्रा पनि हारे । १२ औँ महाधिवेसनदेखिनै सोलु काङ्ग्रेसमा विवाद बढ्दा राम्रो कार्यकर्ता सँधै ओझेलमा परे र शक्ति र पैसावाला सँधै हावी भए । पार्टीभित्रको विवाद मिलाउनको त कुरै छोडौँ बोलचाल नै पो बन्द भयो ।

हुँदा हुँदा यतिसम्म भयो कि आफ्नै नेताको विरुद्धमा अनसन बस्नुपर्ने, क्रियाशिल सदस्यता लिएकाको अधिवेसनमा भाग लिन पाउने अधिकार बञ्चित गराउनेसम्मको सोलुखुम्बुको नेतृत्व तहका अभिभावकले निर्णय गर्दा दोस्रो पुस्ताका नेताको पगरी गुथेर बसेकाहरु चुँ सम्म बोलेनन् । अनि चुनाव हारेपछि हुङ्कार गर्छन, अरुलाई दोष थोर्पछन्, आफू पानी माथिको ओभानो बन्न लाज मान्दैनन् । अन्य पार्टीले सम्मान साथ कार्यकर्ता राख्छन्, काङ्ग्रेसमा भने म सदस्य भएर क्रियाशिल रुपमा पार्टीमा काम गर्छु भन्दा नपाएर अनसन बस्नुपर्छ, धर्ना दिनुपर्छ, बिडम्बना सोलुखुम्बुको । सोलु काङ्ग्रेसमा भएको डेमोक्रेसी यही हो ? अब १४ औँ महाधिवेसनका लागि जिल्लमा पनि अधिवेसन हुँदैछ । जसका लागि अहिले काठ्माण्डौमा बसेर अधिवेसनको तयारी हैन सोलुखुम्बु आएर छलफल गर्ने हो । आफ्ना कमिकमजोरी कार्यकर्ता माझमा स्पष्ट राख्ने हो ।

यो २१ औँ शताब्दीकोको ७७ बर्ष बितिसक्यो, दुनियाँ समय कहाँबाट कहाँ फड्को मारिसक्यो, समयले नयाँ नयाँ आयमको माग गरिरहेछ, तर सोलु काङ्ग्रेस  पुरानै शैलीमा अडिक छ । जसले जहाँ जे भने पनि सोलुखुम्बुमा काङ्ग्र्रेस २/३ खेमा छ यो ध्रुव सत्य हो । अहिले अब अरु थुप्रै खेमा हुन्छन् त्यो स्वभाविक हो । अहिले सोलुबासी तमाम सर्वसाधरणले काङ्ग्रेसलाई प्रतिपक्षको रुपमा गाउँ गाउँमा खोजी गरिरहेकाछन्, जसले गाउँमा भएका तमाम बेथिती, भ्रष्टाचार अनियमितता आदिका बिषयमा कुरा उठाएर फटाहा र भ्रष्टाचारीहरुलाई कार्बाहीको दायरामा ल्याओस्, राम्रो काममा सहयोग गरोस् । तर सोलुको काङ्ग्रेस आन्तरिक खिचातानी र गुट उपगुटमा खुरापाती राजनीतिक खेल खेल्न व्यस्त छ । शक्तिको केन्द्रबिन्दु सबैको जनता हुन्, जनता अहिले विश्वव्यापी रुपमा भुसको आगो झैँ फैलिरहेको कोरोनाबाट त्राही छन्, ग्रसित छन्, चुलो बल्न छोडेको छ । नगरपालिकामा काङ्ग्रेसको नेतृत्वमा राहात बाँडेको छ बाँकी सात स्थानीय तहमा राहातका कार्यक्रम आवश्यक छ, सकेको सहयोग गर्नुपर्ने अवस्था छ । पूर्वपार्टी सभापति आङगेलु शेर्पा, कर्मा शेर्पा लगायतको टोलीले केही सहयोग गरेपनि अरु थप कार्यक्रमहरु आवश्यक छन् । काठमाण्डौमा बस्नेले चुनावमा भोट हाल्दैनन्, सोलुमा बस्नेले हो भोट हाल्ने । राहात अन्यत्र हैन सोलुमा बाड्ने हो, जुन जनतासँग भोट माग्न गाउँ गइन्छ त्यहीँ हो सहयोग गर्ने । चुनावमा, अधिवेशनमा जिल्ला र गाउँमा टिकट बोकेर हात जोड्दै आउने अनि सकिएपछि पाँच बर्ष फेसबुकमा भजन शेयर गर्ने, ठूला ठूला भाषण गर्ने, म नै सबै सोलुको काङ्ग्रेस हुँ भन्ने ।

हामी नि काङ्ग्रेस हौँ, फेसबुकमा, युट्युबमा देखिदैँमा र आसेपासे जम्मा गरेर सेल्फी खिच्दा मात्रै काङ्ग्रेस हुँइदैन । म र म जस्ता गाउँगाउँमा तीन पुस्ते काङ्ग्रेस धेरै छौँ, जसले काङ्ग्रेसलाई वास्तवमै बचाएर राखेको छ । मेरो हजुरबाले वि.पी. सँग भारतमा बस्दा सँगै काम गर्नुभयो, नेपालमा आएर २००७ सालदेखि काङ्ग्रेसलाई सहयोग गर्नुभयो । मेरो बुबा पनि आजिवन काङ, म जन्मजात काङ, छोराछोरी पनि भबिष्यको कठोर कार्यकर्ता काङ्ग्रेस बनाएको छु । अब म के यही कुरा बारम्बार दोहोर्याएर बसिरहने ? म बस्दिन । मेरो क्षमताले, बलले भ्याएसम्म सधै संगठन र पार्टीको हितमा कार्यकर्ताको हितमा आफ्नो लगानी इमान्दारिताका साथ लगाएर खटिरहेको छु । खान चाहियो, पद पैसा चाहियो कहिले भनेको छैन । अप्ठेरो पर्दा पार्टीलाई सँधै सहयोग गरेकै छु । मैले सकेको सबैले सकेको गर्ने हो । म नेविसंघ हुँदा चुनावमा प्रचारप्रसारमा जाँदा काङ्ग्रेसलाई ढुङ्गा हान्नेहरु, झण्डा च्यात्नेहरु अहिले चाकडी भजाएर, द्वारे धुपौरे भएर पदमा हालीमुहाली गर्दैछन् गर्न खोज्दैछन् । यसको मतलब मलाई चाहियो भनेको हैन, तर त्याग तपस्या गरेका तमाम राम्रो कार्यकर्तालाई पठाउने हो । चुनावमा र अधिवेसनमा आउने पाहुना नभई काङ्ग्रेस सँधै जनताको माझामा हुनु जरुरी छ ।

अब कुरा गरौँ १४ महाधिवेशनको

हामी काङ्ग्रेसका सच्चा कार्यकर्ताले अब सबै विचार गर्ने बेला आएको छ । हामीले पार्टीको आन्तरिक विवाद मिलाउन खोज्दा मिल्न नदिनेहरुलाई झिकेर भोटरमा फर्काउनुपर्छ । राजनीति पैसा र पावरले मात्र हैन विचार र सिद्धान्तको दृढ निष्ठाको साथ काम गर्ने योग्यहरुलाई मौका दिनुपर्छ । अब चुनावमा टिकट किनबेच गर्नेहरुलाई हैन ईमान्दार सक्षम व्यक्तिलाई ल्याउनुपर्छ । काठमाण्डौ बस्ने हैन जिल्लामा खट्नेलाई सहयोग गर्नुपर्छ । पैसा कमाउने अनि राजनीतीमा हाम फाल्नेलाई हैन ५४ बर्ष लगातार राजनीतिमा जीवन बिताएकाहरुलाई साथ दिनुपर्छ । ६० वर्ष काटेकालाई ससम्मान अभिभावक र सल्लाहकारका रुपमा राख्नुपर्छ । अब नेकपासँग सहकार्य, सहलगानी, हजुरिया गर्नेहरु हैन स्वाभिमानीलाई साथ दिनुपर्छ । क्रियाशिल रद्द गराउनेलाई हैन घर घर क्रियाशिल पुर्याउनेलाई साथ दिनुपर्छ । परिवारवाद, नातावाद, पैसावाद हैन राजनीतिक रुपमा जीवन बिताएलाई साथ दिनुपर्छ । सोलु काङ्ग्रेसमा जनताले नजिकबाट नियालेका दुई जना नेता आङगेलु शेर्पा र बिनोद बस्नेत जनता सामु सँधै प्रिय छन् । गुटबन्दीको आडमा शिकार भएका यी दुई नेता कम्तीमा सोलु कांग्रेसको समृद्धि र भावी पुस्ताको आदर्शकै लागि भएपनि मिल्नुको बिकल्प छैन । बाँकी दुई नेतृत्वमा युवा पुस्ता आउनुपर्छ । पहिलो पुस्ता अभिभावक भएर बस्नुपर्छ । दोस्रो तेस्रो पुस्ताका सबैले उनीहरुलाई साथ दिनुपर्छ ।

सोलुको राजनीति किन पैसा र पारमुखी भन्ने उदाहरणहरु प्रशस्त छन् । गाउँको कार्यकर्ताको सिफारिस जिल्लामा टोकरिमा हालिन्छ, आफु नजिककालाई समेटिन्छ । केन्द्रमा कित कोटामा पर्नु पर्यो कित पैसा बुझाउनु पर्यो कि त नाता हुनु पर्यो । यस्तो पनि डेमोक्रेटिक पार्टी हुन्छ र ? यद्यपी हरेस खाईहाल्ने बेला आएको छैन । पावरको दम जनताले देखाईसके, अझै देखाउँछन । यी तमाम बेथितीलाई अब १४ औँ अधिबेसनबाट अन्त्य गर्नुपर्छ र गर्ने पनि छौँ । हामीले गाउँगाउँबाट यो सोच्नुपर्छ । अनि जिल्ला क्षेत्र हुँदै केन्द्र सुध्रिनेछ, अनि समग्र काङ्ग्रेस सुध्रिन्छ र चुनाब जितिन्छ ।

यो बिचार कसैमाथि हैन, मेरो व्यक्तिगत बिचार हो । यदि कसैले मलाई आरोप लगायो भन्ने सोच्नु भएमा तपाई यो ढुक्क हुनुस् तपाईमा कमजोरी छ भनेर । धन्यवाद, जयनेपाल



भानुभक्त उपाध्याय:

वि.सं. २०५७ सालदेखि सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सम्पर्क बढ्दै गयो । २०५६/५७ सालको एसएलसीमा साइनोले दाई पर्ने मेरै कक्षाको साथी जिल्ला प्रथम भयो । जिल्ला प्रथम भएपछि जिल्लामा लामो समयदेखि शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको संस्था हिमालयन ट्रष्टले दस हजार रुपियाँ नगद तथा मेडल पुरस्कार रुवरुप प्रदान गर्यो । त्यस बेला मलाई थाहा भयो हिमालयन ट्रष्ट सोलुखुम्बुको शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा दुर्गमका पिछडिएका जनतालाई सहयोग गर्दै जनताको जीवनस्तर उकास्न प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीद्वारा स्थापित नाफरहित संस्था रहेछ भनेर । जसको अध्यक्ष आङरिता शेर्पा हुनुहुँदो रहेछ ।

मेरो आमा बिरामी भएर उपचारका लागि २०५४ सालतिर फाप्लु अस्पताल आउँदा हिलारीलाई भेटेको सुनाउनुहुन्थ्यो । पछि वि.सं. २०६०/६१ सालतिर क्याम्पस पढ्दै गर्दा फाप्लु अस्पतालमा जागिर खाने अवसर मिल्यो । त्यसपछि हिमालयन ट्रष्टसँग झनै नजिक भएर काम गर्न थालियो किनकी फाप्लु अस्पताल प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीको पहलमा स्थापना भई पछि तत्कालीन नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । फाप्लु अस्पताल सहित जिल्लाको शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील र महत्वपूर्ण क्षेत्रमा हिमालयन ट्रष्टले पुलको काम गरेको रहेछ । त्यसैले जिल्ला अस्पताल फाप्लुमा कर्मचारी व्यवस्थापन, औषधी व्यवस्थापन तथा अन्य आवश्यकीय सामानहरु उपलब्ध गराइरहेको रहेछ । त्यसका लागि तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट, जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख तथा हाल सेवा निवृत्त डि.जी. डाक्टर मिङमारग्याल्जेन शेर्पाले सहजीकरण गर्नु हुँदोरहेछ ।

विस्तारै समय बित्दै गयो, हिमालयन ट्रष्टले सोलुखुम्बुमा पुर्याउँदै आएको योगदानको बारेमा अझ नजिकबाट थाहा हुँदै गयो । सोलुखुम्बुको खुन्देमा एउटा अस्पताल स्थापना तथा सञ्चालन र खुम्बु तथा सदरमुकाम सल्लेरी भन्दा माथिका क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयहरुमा शिक्षक तालिम, शैक्षिक सामग्री वितरण तथा भौतिक निर्माणका क्षेत्रमा धेरै सहयोग गरिरहेको रहेछ । साथै सरकारले शिक्षक उपलब्ध गराउन नसकेका तथा दरबन्दी कम भएका विद्यालयहरुमा पनि नीजि शिक्षक नियुक्त गरी पठनपाठनलाई सहज बनाइरहेको रहेछ । सोलुखुम्बुको व्यस्त लुक्ला विमानस्थल पनि एडमण्ड हिलारीकै सहयोग तथा पहलमा निर्माण भएको रहेछ, जसले खुम्बुको पर्यटनमा ठूलो योगदान गरिरहेको छ । सोलुखुम्बु मात्र नभएर अन्य जिल्लामा पनि सहयोग गरिरहेको पाइयो । त्यस्ताका हिमालयन ट्रष्टको बोर्डमा को को हुुनुहुन्थ्यो भन्ने खासै जानकारी नभए पनि यसले गरेका शैक्षिक तथा अन्य सुधारका कामहरु निकै सह्रानीय थिए । जसमा त्यसबेला सोलुखुम्बुका माथिल्लो क्षेत्रका विद्यालयका शिक्षकहरुलाई तीन हप्ताको शिक्षण सिकाई सीपको तालिम प्रदान गर्ने र त्यो तालिममा सिकेका सीपलाई विद्यालयमा गएर शैक्षिक सामग्री तयार गरी प्रभावकारी शिक्षणका लागि सामग्री तथा विद्यार्थीका लागि कापी, पेन्सिललगायतका सामग्रीहरु उपलब्ध गराउँदै आएको थियो । सामग्री अहिले पनि उपलब्ध गराइरहेको छ । हिमालयन ट्रष्टले एसइईमा उत्कृट अङ्क ल्याउने सदरमुकाम भन्दा माथिका माध्यामिक विद्यालयहरुमा प्रत्येक विद्यालयबाट तीन जनालाई उच्च शिक्षाका लागि दुई वर्षसम्म माषिक छात्रावृत्ति प्रदान गर्ने गरेको छ भने विभिन्न सङ्कायमा पढ्न इच्छुक विद्यार्थीलाई उच्च शिक्षाका लागि वार्षिक रुपमा छात्रावृत्ति समेत प्रदान गर्दछ । यसमा मैले चिनेजानेका लगायत सयौँ विद्यार्थीहरुले यो सुविधा लिइरहेका छन् । हिमालयन ट्रष्टमा काम गर्ने प्रशिक्षकहरुले यस्तै काम गर्ने अर्को संस्था रीड नेपाल पनि सञ्चालनमा ल्याएका छन् । जसले जिल्लाको तल्लो क्षेत्रमा पनि शिक्षमा लगानी गरिरहेको छ । सोलुखुम्बुको पहिलो क्याम्पस सोलुखुम्बु बहुमुखी क्याम्पस पनि हिलारीकै ठूलो लगानीमा सञ्चालनमा आएको हो ।

हिलारी रहेसम्म उहाँकै रेखदेखमा सोलुखुम्बुमा धेरै काम हुने गरेको थियो भने उहाँको देहान्तपछि पनि हिमालयन ट्रष्टले उस्तै राम्रो काम गरिरहेको छ । जसमा २०७२ सालमा गएको महाभूकम्पपछि पनि हिमालयन ट्रष्टले प्रभावकारी काम गरेको छ । जब भूकम्प गयो, हिमालयन ट्रष्टले दुर्गम जिल्ला सोलुखुम्बुमा औषधी लगायत अन्य शैक्षिक, आर्थिक लगायत विविध क्षेत्रमा सहयोग गरेको छ । अस्पताल तथा विद्यालयहरु ध्वस्त भएकोले त्यस बेला अस्तव्यस्तता छाएको थियो । त्यसबेला हिमालयन ट्रष्ट नेपाल सरकारसँग सहकार्य गरेर अस्थायी विद्यालय भवन बनाउने तथा औषधोपचार गर्ने, अस्पतालमा अस्थायी उपचार केन्द्र बनाउने, भूकम्प पीडित सर्वसाधारणलाई अस्थायी बसोबासका लागि विभिन्न सामग्री उपलब्ध गराउने महत्वपूर्ण काम गरेको छ । भूकम्पले क्षतविक्षत भएको विद्यालयहरुलाई ठड्याउने काममा हिमालयन ट्रष्टले अग्रसरता लिएकै बेला भारतले अघोषित नाकाबन्दी गर्दा समेत विद्यालय पुर्ननिर्माणका लागि स्रोत जुटाएर करोडौँको लगानीमा नेपाल सरकारको मापदण्डअनुसार विद्यालय भवन निर्माणको कामलाई तिव्रता दियो । यसै समयमा मैले हिमालयन ट्रष्टलाई एकदम नजिकबाट नियाल्ने मौका पाएँ । यस बेलासम्म म हिमालयन ट्रष्टको जागिर छोडिसकेर आफ्नै व्यवसायमा लागीरहेको थिएँ र काम विशेषले काठ्माण्डौमा गएको थिएँ । त्यसबेला एकजना प्राविधिक पढेको साथीले फोन गरेर हिमालयन ट्रष्टमा जागिर खुलेछ के गर्नु भन्नुभयो ? मैले बुझ्नुपर्छ भने र सोधेँ । परीक्षामा सामेल भएर नाम निकाल्नु पर्ने उत्तर पाएँ । तर परीक्षा धेरै कडा हुने र पाँच÷छ तह पार गर्नुपर्ने रहेछ, त्यो पनि कन्सल्टेन्सी मार्फत । त्यसमा साथी सफल हुनुभएन ।

त्यसको केही दिनपछि अर्को खबर आयो ट्रष्टमा ठेक्का खुलेको छ नगर्ने? म भोलिपल्ट बिहानै खाना खाएर ट्रष्टको कार्यालय गएँ । प्रमुख कार्यकारी अधिकृत (सिइओ) पासाङ सर कार्यालयमानै हुनुहुँदो रहेछ । भेट भयो, चिया खाँदै कुरा गरियो, काम गरौँ गरौँ लाग्यो, काम गर्ने आँट गरेर फर्म लिएर कोठा आएँ । विवरण बुझाएर भोलिपल्ट फर्किएँ । एकसातापछि होला बविन सर वा सत्यमान सरको फोन आयो । कार्यालय बोलाउनुभयो । कार्यालयमा निकैबेर सिइओ लगायत बोर्डका सदस्य तथा इनिजनियरले काम गर्ने बारेमा सोध्नुभयो । सबै कुरा भएपछि बैंक ग्यारेन्टी लिएर आउनुस् तपाई छनोट हुनुभयो भन्ने कुरा भयो । वर्षा अघि काम सक्नुपर्छ भन्ने कुरा भयो । म हवस भनेर तयारीमा लागे तर बैंक ग्यारेन्टी ढिलो हुने भएपछि नगदै जम्मा गरेर सम्झौता गरेर तत्काल सामानका लागि विरगञ्ज गएँ । सामान लिएर फर्किंए । चुनौती धेरै थियो । फागुनको अन्तिम भइसकेको थियो । लेकमा एकदेखि डेढ महिनापछि पानी पर्ने, विद्यालयहरु धेरै ठाउँमा छरिएका र एक विद्यालय एक प्राविधिक कोअर्डिनेटरसँग समन्वय गर्नुपर्ने थियो । प्रथम पटकको सामान पुर्याउन नपाई जुनवेसीतिर पानी परेर बाटोमा सामान ढुवानीमा धेरै समस्या भयो । तर पनि विविध कठिनाईका बावजुद मङ्सिरमा काम सम्पन्न भयो । दोस्रो वर्ष झन जटिल क्षेत्रमा काम भएकाले मैले आँट गर्न सकिँन । यहाँ मैले माथि उल्लेखित विषय किन व्याख्या गरे भन्दा सोलुखुम्बु जस्तो अति दुर्गम जिल्ला त्यसमा पनि दुर्गम बस्तीका करिब ४० भन्दा बढी विद्यालय भवन निर्माण भए । ती भवन निर्माण सम्पन्न गर्दा विना स्वार्थ ठूलो लगानी भयो, एक रुपियाँ पनि भ्रष्टचार भएन, न त प्रचार प्रसार नै भयो । स्थानीयले करोडौँको रोजगारी पाए, आफ्नो विद्यालय निर्माण भए । बालबालिका सुरक्षित भवनमा पढ्न पाए । गुणस्तरमा पनि कुनै कमजोरी गरिएन । पछि यसै संस्था अन्तरगत रीड नेपान मार्फत पनि त्यतिनै विद्यालय निर्माण हुँदै थिए, त्यो पनि धेरैजसो काम मैले नै गर्ने गरी छनोटमा परेको थिए तर एकजनाले कमिशन मागे झैँ गरे, मैले हुन्न भनेँ, पोल लगाएछन र पछि सामानको गुणस्तरको प्रमाण पत्र पेश गर्नु परेको थियो । पछि सबै विषय ठिक भयो । उनले पनि अर्कै कार्यालयमा जागिर खाए । काम सकियो, केही पैसा बच्यो, त्यो पैसा हिमालयन ट्रष्टले त्यसै स्थानमा खानेपानी, शौचालय बनाइ दियो । पैसा फिर्ता लगेन । विना भ्रष्टचार पारदर्शी रुपमा काम सम्पन्न गरेर नेपाल सरकारलाई भवन हस्तान्तरण भयो । त्यसपछि पनि ट्रष्टले आफ्ना पुराना कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको छ ।

अहिले कोभिड १९ ले विश्वलाई सिथिल बनाएको छ । हिमालयन ट्रष्टमा डोनेशन गर्ने दातृ राष्ट्रहरु झनै शिथिल छन् । तर त्यस्तो भयावह अवस्थामा पनि दुर्गम सोलुबासीका लागि मसिहा बनेको छ । लकडाउन र सुरक्षित रहने परिस्थीतिले हिँडडुल गर्न गाह्रो छ । लकडाउन शुरु भएपछि एक दिन नव भुजेल सरसँग फोनमा कुरा भयो, यसपाली कार्यक्रम के छ ? उहाँले भन्नुभयो, हेड अफिसबाट पहल भइरहेको छ । फोनमै सोलुबासीकोतर्फबाट धन्याबाद भने मैँले । त्यसको केहीदिनपछि जिल्लाका अस्पताल, नगरपालिका र गाउँपालिकामा अत्यावश्यक स्वास्थ्य सामग्री तथा औषधी हस्तान्तरण गरेको खबर सामाजिक सञ्जाल फेसबुकमा पढेँ, धेरै खुशी हुँदै ट्रष्टलाई मनमनै धन्यवाद दिएँ । फेरी जिल्ला अस्पताल फाप्लुलाई औैषधी हस्तान्तरण गरेको देखेँ अनि सम्झेँ हिमालयन ट्रष्टको गुण सोलुवासीले कहिले फिर्ता गर्ने होला । एक पटक औषधी ल्याउँदा ३०/४० लाख भन्दा बढी पर्यो, अहिलेको यस्तो विषम परिस्थीतिमा यति धेरै स्रोत जुटाएर सोलुखुम्बुका तमाम गरिब जनतालाई सहयोग गरेकोमा हिमालयन ट्रष्ट नेपालका विदेसका सबै कार्यालयमा आवद्ध महानुभावहरु, हिमालयन ट्रष्टका अध्यक्ष तथा पदाधिकारी र सिइओ, लेखापाल लगायत अन्य कर्मचारी सरहरु र जिल्लामा खटिनुभएका नवबहादुर भूजेल सर लगायत सम्पूर्ण सहयोगी टिमलाई सोलुवासी र मेरो व्यक्तिगततर्फबाट धेरै धन्यवाद दिन चाहान्छु ।


Contact Me

Contact With Me

  • Salleri Solukhumbu Nepal
  • +977 9849457065
  • bhanubu@gmail.com
  • www.bhanubhaktaupadhaya.com